
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ऋद्धिसिद्धि सिमेन्टले गैरकानुनी ढंगले राष्ट्रिय वनमाथि दोहन गरेको पुष्टी भएपछि सो सिमेन्ट उद्योग विरुद्ध अदालतमा मुद्धा दायर भएको पाइएको छ । डिभिजन वन कार्यालय राप्तीले जिल्ला अदालतमा सिमेन्ट उद्योगका प्रबन्धक गणेशकुमार सिंहसहित सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई समेत वन मुद्दा दर्ता गरेको हो । ३११ वटा बोट-विरुवा नष्ट गरेको अभियोगमा ४ लाख ६६ हजार २ सय ८६ रुपैयाँ ५० पैसा विगो दाबी माग गर्दै कम्पनीविरुद्ध मुद्धा दायर गरिएको हो । सिमेन्ट उद्योगले २.२८ हेक्टर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेकोसमेत मुद्धाको अभियोगपत्रमा उल्लेख छ।

मकवानपुरको रक्सिराङ गाउँपालिकामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएर ३ सयभन्दा बढी बोट बिरुवा नष्ट गरी राष्ट्रिय वन सखाप पारेको भन्दै कम्पनीविरुद्ध मुद्धा दायर भएको हो । इआइए प्रतिबेदन स्वीकृत बिनै राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएको र यसले थुप्रै बोट बिरुवामा क्षति पुगेको कम्पनीमाथि दर्ता भएको मुद्धाको अभियोग पत्रमा उल्लेख छ ।
कम्पनीले माइनिङ स्किम तथा आइइ र इआए समेत स्विकृत नगरी नगरी मनपरी ढंगले वनका अमूल्य रुख, बोटबिरुवाहरु सखाप पारेको भन्दै कम्पनीविरुद्ध उजुरी परेको थियो । अन्तत: विभिजन वन कार्यालय राप्तीले सिमेन्ट कम्पनीविरुद्ध मुद्धा दायर गरेको हो ।

संचालकविरुद्ध पक्राउ पूर्जी, प्रबन्ध निर्देशक फरार !
यसो त यहि प्रकरणमा जिल्ला अदालत मकवानपुरले उद्योगका प्रबन्ध निर्देशक र संचालकहरुलाईसमेत पक्राउ पूर्जी जारी गरेको थियो । गत पुष २१ गते पक्राउ पूर्जी जारी भएपछी कम्पनीका संचालकसहित प्रबन्धकसमेत फरार भएकोसमेत अभियोग पत्रमा उल्लेख छ। गत पुस २१ गते नै जिल्ला अदालत मकवानपुरले सिमेन्ट उद्योगका प्रबन्धक गणेश कुमार सिंह सहितका सञ्चालकलाई पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी उनीहरु भागेको अभियोग पत्रमा उल्लेख छ । सल्लाघारी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष आसमान तामाङको मिलेमतोमा राष्ट्रिय वन सखाप पार्ने काम भएकोसमेत अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्