×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा १० महिनाको शिक्षण सिकाइ शुल्क उठाउन पाइने, शुल्क दर स्थानीय तहपिच्छे फरक–फरक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रुपन्देहीमा १० महिनाको शिक्षण सिकाइ शुल्क उठाउन पाइने, शुल्क दर स्थानीय तहपिच्छे फरक–फरक

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीमा  बैशाख र जेठ महिनाबाहेक बाँकी १० महिनाको शिक्षण सिकाइ शुल्क उठाउन पाइने भएको छ । तर शुल्कको दर भने स्थानीय तहपिच्छे फरक–फरक छ । बिहीबार मात्रै बुटवल उपमहानगरपालिकाले असारदेखि भदौसम्म मासिक शुल्कको ६० प्रतिशत लिन पाउने र तिलोत्तमा नगरपालिकाले ७५ प्रतिशत लिन पाउने निर्णय गरेका थिए । बुटवलले असोजदेखि मात्रै आउँदो चैतसम्म ७५ प्रतिशत मासिक शुल्क मात्र लिन पाइने भनेको छ ।
स्थानीय सरकारले अनलाइन कक्षाका नाममा शुल्क उठाउन अनुमति दिएसँगै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् । सत्तारुढसहित प्रतिपक्षी विद्यार्थी संगठनहरुले भने अनलाइन कक्षाका नाममा शुल्क लिन नपाइने भन्दै लिएमा विद्यालयमा तालाबन्दी गर्नेसम्मको चेतावनी दिएका छन् । यता विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भएको व्यवस्थाअनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्य जानकारी दिए  ।  सरकारले अनलाइन कक्षाको  शुल्क लिन पाइने निर्णय गरेको थियो  । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: