×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा एकै परिवारका १० सहित १५ जनामा कोरोना संक्रमण पुष्टी

PRIME CA

रुपन्देहीमा एकै परिवारका १० सहित १५ जनामा कोरोना संक्रमण पुष्टी

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

 रुपन्देही
  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा । रुपन्देहीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । गत भदौ ६ गते कोरोना पुष्टी भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनिवास चौधरीले जानकारी दिए ।
उनका अनुसार संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् भने पाँच जना सोही घरमा काम गर्ने कामदार हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: