×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम म्याद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम म्याद

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन ३० गतेबाट ९ लाख २१ हजार १४८.७० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्री खुल्ला गरेको थियो । 
यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन पाउने छन्। यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्। 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन् । सहारा विकास बैंकको मलंगवा, बरहथहवा, इश्वरपुर, लालबन्दी र गोडैता शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: