×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक भए सजिलो र समिट लघुवित्त, आजबाट समिट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सजिलो लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाले आज (मंगलबार) बाट एकीकृत कारोबार सुरु गरेका छन् । एक अपसमा मर्ज भएर समिट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । संस्थाको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं १३, मझुवा देउरालीमा रहनेछ ।
नेपाल राष्ट्र बैंकले यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि भदौ ७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनीको असार ३१ गते सम्पन्न विशेष साधारण सभाले १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।
मर्जरको सम्झौता गरेसंगै माघ २३ गतेदेखि समिटको सेयर कारोबार रोक्का छ । हाल समिटको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ भने सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: