
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्सले २००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीले हकप्रद जारी गर्न भदौ ११ गते बुकक्लोज गरेको छ । यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त सेयरमा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन पाउने छन्। सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल यसको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्