
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडल र नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सोमबार बैंक र ललितपुर महानगरपालिका वडा न. ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुने साथै बिना धिता. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जा अन्तर्गत कर्जावालाई एक लाख सम्मको कोभिड १९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ ।
बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्