×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्री नगर्न निर्देशन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

थप चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्री नगर्न निर्देशन !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । औषधि व्यवस्था विभागले थप चार कम्पनीले उत्पादन गरेका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले  कम्पनीका स्यानिटाइजरमा विषाक्त रसायन प्रयोग गरिएको  पाइएको भन्दै यस्तो आग्रह गरेको हो । 
चीनको गुआंग्झो ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेड, गुआन्जाउ, ललितपूरको सम्पदा हेल्थकेयर प्राली। इमाडोल, भारतको आर एल क्रोप इन्डिया र काठमाडौंको श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्डष्ट्रिजको उत्पादन गुणस्तरहीन मापदण्ड विपरित भेटिएको औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।
राष्ट्रिय औषधि प्रयोगशालाले कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: