
सप्तरी । निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका संक्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार सो अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीसमेत संक्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए।
यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
अस्पतालको डायलासिस युनिटमा नियमित उपचार गराइरहेका मिर्गौला पीडितमध्ये मंगलबार एक महिला र सोमबार ६ पुरुषमा कोरोना संक्रमण देखिएपछि मंगलबार बन्द गरिएको डायलासिस सेवा निर्मलीकरण गरेपछि आजबाट सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले जानकारी दिए।
संक्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका छ जना संक्रमित छन्। कोभिड –१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार मध्य रातिदेखि निषेधाज्ञा हटाएको छ।
योसमेत सप्तरीमा संक्रमित हुनेको संख्या एक हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये १०५ महिलासहित ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए। जिल्लामा संक्रमतिमध्ये मृत्यु हुनेको संख्या एक महिलासहित नौ पुगेको यादवले जानकारी दिए। -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्