Skip to content
LAXMI SUNRISE BANK

सप्तरीमा ९ कैदीसहित थप १५ जनामा कोरोना पुष्टी, गजेन्द्रनारायण सिंह अस्पतालका २ कर्मचारी पनि संक्रमित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

सप्तरी ।  सप्तरीमा ९ जना कैदीबन्दीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राजविराज कारागारका ९ जना कैदीबन्दी र २ प्रहरीमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव बताएका हुन् ।

यस्तै आज गजेन्द्रनारायण सिंह अस्पतालका २ जना कर्मचारी र राजविराज वडा नम्बर २ र ६ का १र१ जनामा कोरोना देखिएको थियो । यसअघि पनि ७ जना कैदीबन्दीमा संक्रमण पुष्टी भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ८९ पुगेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK