
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा एकैदिन थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सरकारी कार्यालयका कर्मचारीसहित ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्ला अदालतका स्रेस्तेदारसहित पाँच कर्मचारी, सिडिओ कार्यालय सप्तरीका दुई जना कार्यालय सहायक, एक जना प्रहरी र एक जना भान्सेमा कोरोना देखिएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी र प्रहरीलाई पनि कोरोना देखिएको छ । त्यस्तै, दुई जना स्वास्थ्यकर्मी, एक जना मिर्गौलापीडित र तीन जना अन्य बिरामीलाई पनि संक्रमण पुष्टी भएको छ । थपिएका संक्रमितमा राजविराज नगरपालिका–१ का ३२ जना रहेका छन् । योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या एक हजार ९० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोनाबाट नौ जनाको मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्