×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्राद्धको खाना खाँदा कैलालीमा १ जनाको मृत्यु, १८ जना बिरामी !

GLOBAL IME BANK

श्राद्धको खाना खाँदा कैलालीमा १ जनाको मृत्यु, १८ जना बिरामी !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको मृत्यु भएको छ । भने १८ जना बिरामी परेका छन् । श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले जानकारी दिए । उनले एउटै टोलका १९ जना बिरामी परेको र एक जनाको मृत्यु भएको बताए ।
श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीन जनाको नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पताल, अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको अध्यक्ष शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनु्सार भदौं २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: