×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एशियाली महिला उद्यमी परिषदको सामाजिक कार्य, आयस्रोत गुमाएकाहरुलाई निःशुल्क खाना वितरण ! (भिडियो)

PRIME CA

दक्षिण एशियाली महिला उद्यमी परिषदको सामाजिक कार्य, आयस्रोत गुमाएकाहरुलाई निःशुल्क खाना वितरण ! (भिडियो)

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौँको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताउनुभयो । 
संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र त्यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उहाँले बताउनुभयो । भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । आज काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ । कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो । हेर्नुहोस्  भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: