×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डले इच्छुक संस्थागत लगानीकर्तालाई भन्यो – ‘बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न आवेदन दिनू’

PRIME CA
GLOBAL IME BANK

नेपाल धितोपत्र बोर्डले इच्छुक संस्थागत लगानीकर्तालाई भन्यो – ‘बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न आवेदन दिनू’

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न संस्थागत लगानीकर्तासँग आवेदन माग गरेको छ । बोर्डले बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका इच्छुक संस्थागत लगानीकर्तालाई आवेदन दिन भनेको हो । 
आवेदन बोर्डबाट स्वीकृत भएपछि मात्रै बुक बिल्डिङ विधिमार्फत निष्कासित हुने आइपीओमा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । नेपालमा भने बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने यो नयाँ अभ्यास हो ।  
बोर्डले सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले लगायतले आवेदन दिन सक्ने जनाएको छ । 
यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् । हालसम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ । फिक्स प्राइसिङअन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय रुपैँयामा आइपीओमा आवेदन दिन पाउनेछन् । त्यस्तै प्रिमियम विधि अन्तर्गत पहिले नै आइपिओको मूल्य निर्धारण भएर निष्काशन गरिएको हुन्छ । जसमा संगठित संस्थाको नेटवर्थको बढीमा दुई गुणा सम्मको मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: