
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा गरिएको परिक्षणमा शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३२७ नमुनाहरमध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ५ जना र कञ्चनपुरका दुईजना गरी ७ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एकरएक जना, टिकापुर नगरपालिका वडा नम्बर १ का एकजना, गोदावरी नगरपालिका वडा नम्बर ११ का एकजनामा संक्रमण पुष्टि भएको हो । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ९ का एकजना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एकजनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

![]()
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्