×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, ०.१५ अंकले नेप्से परिसूचक घट्दा २ अर्व ६३ करोडमाथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर बजारमा सामान्य करेक्सन, ०.१५ अंकले नेप्से परिसूचक घट्दा २ अर्व ६३ करोडमाथिको कारोबार

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.१५ अंकले घटेर १५१०.४२ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ९३ लाख ०२ हजार ९७० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ४१ करोड ५७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा बैंकिङ्ग, व्यापार, विकास बैंक, हाइड्रोपावर र म्यानुफक्चार एण्ड प्रोडक्सन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै उन्नति सकारी लघुवित्त र अरुणकाबेली पावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर र प्रुहिमालयन पावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: