- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टी भएको छ । कोइरालाको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएको बताइएको छ ।
उनी अहिले होम आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ ।