- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।संक्रमण पुष्टी भएसँगै होम आइसोलेसनमा बसिरहेका कोइरालालाई अत्याधिक ज्वरो आएपछि अस्पताल लगिएको हो ।
उनलाई चावाहिलस्थित ओम अस्पताल आइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ। ज्वरो कम भएपनि चिकित्सकहरुले निमोनिया भएको आशंका गरेका छन् । महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।