×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमाको मापदण्ड सच्याउन शेखर गोल्छाको आग्रह, ‘बिमा समिति र सरकारले तुरन्त समाधान खोजियोस्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना बीमाको मापदण्ड सच्याउन शेखर गोल्छाको आग्रह, ‘बिमा समिति र सरकारले तुरन्त समाधान खोजियोस्’

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बिमाको भुक्तानीसम्बन्धी बिमा समितिको मापदण्ड सच्याउन आग्रह गरेका छन् । निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि गोल्छाले त्यसलाई सच्याउन आग्रह गरेका हुन् । सरकारको अनुमति पाएरै परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट मान्य नहुने भन्‍नु गलत भएको गोल्छाले जनाएका छन् । बिमा समितिको यो मापदण्डले सर्वसाधारणहरुले सास्ती पाउने र बिमाप्रतिको विश्वास पनि घट्ने उनले भनेका छन् ।
सामाजिक सञ्जाल ट्‍विटरमा मापदण्डको विरोध गर्दै उनले भनेका छन्, “निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बिमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बिमाप्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकारले यस समस्याको तुरन्त समाधान खोजियोस् ।” बिमा समितिले शुक्रबार नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकारी अस्पतालमा गरिएको परीक्षणका आधारमा मात्रै कोरोना बिमा दाबी र भुक्तानी गर्न पाइने भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: