
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।
आज बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ । केही दिनअघि एक सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवासहित परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्