×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सले पठायो हकप्रद शेयर सेयरधनीको हितग्राही खातामा, नपाएकाले के गर्ने ?

PRIME CA

शिखर इन्स्योरेन्सले पठायो हकप्रद शेयर सेयरधनीको हितग्राही खातामा, नपाएकाले के गर्ने ?

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर आफ्नो लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले २०७६ फागुन १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद शेयर हितग्राही खातामै जम्मा गरेको हो ।
उक्त समयपछि डिम्याट गर्नेहरुको हकप्रद पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको शिखरले जनाएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने शेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने छन् । यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । यस्तै, शेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र शेयर खातामा पाउनेछन् ।
शिखर इन्सुरेन्स असार १४ गतेबाट साउन १४ गतेसम्म ३०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: