Skip to content
LAXMI SUNRISE BANK

यो पत्र जसले पाण्डेलाई शिखरको सीइओ पुन: बन्न दिंदैन…बीमा समितिले आफ्नो छवि बचाउला कि नाङ्गो भएर लाज पचाउला ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिमा शिखर इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई पुन: सीइओ नियुक्त गरेर स्वीकृतिका लागि बीमा समिति पठाएको छ । समितिले पनि उच्च दबाबका बीच पाण्डेलाई पुन: सीइओ नियुक्त गर्न स्वीकृति दिन लागेको चर्चा चलिरहेका बेला बीमा समितिले त्यसो गरेमा बीमा समितिको छवि पूर्ण रुपमा धमिल्लिनेगरी बीमा समितिले शिखर इन्स्योरेन्सलाई अन्तिम पटक दिएको करार स्वीकृति गरेको पत्र बाहिरिएको छ । समितिको स्वायत्तता र छवि बचाउन मिडिया गुहार्नुको विकल्प नभएको भन्दै शिखर इन्स्योरेन्सकै कर्मचारीहरुले उक्त गोप्य पत्र सार्वजनिक गरिदिएका छन् । 
करार स्वीकृतिमा प्रष्टरूपमा बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अबधिको लागि स्वीकृति प्रदान गरिएको भनेर लेखिएको छ । अव आफ्नै पत्रलाई एक पटक बीमा समितिले राम्रोसँग पढेको खण्डमा पाण्डेको पुनर्नियुक्ति गैरकानुनी हुने स्पष्ट छ ।
संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को हवाला दिएर निर्देशिका नयाँ भएको भन्दै कानुनको अपव्याख्या गरेर उनलाई नियुक्ति दिन खोजिए पनि उनको नियुक्ति भएको खण्डमा बीमा समितिलाई विपक्षी बनाएर मुद्धा हाल्ने तयारीसमेत विभिन्न अधिवक्ताहरुले गरिरहेका छन् । जसका कारण नियुक्ति भएको खण्डमा पनि पाण्डेले अनेक कानुनी अल्झनहरु व्यहोर्नुपर्ने र बेइज्जतीको सामना गर्नुपर्ने देखिन्छ । 
हेर्नुहोस् बीमा समितिले शिखर इन्स्योरेन्सलाई मिति २०७३ साल फाल्गुन २७ गते लेखेको पत्र :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK