काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित नेपाल राष्ट्र बैंकका ७ जनामा कोरोना संक्रमण देखिएको छ । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्र बैंकका कर्मचारीहरुलाई संक्रमण पुष्टी भएपछी कन्ट्याक्ट ट्रेसिङमा परेका गभर्नर अधिकारी पुन: क्वारेन्टाइनमा बसेका छन् । झण्डै एक महिनाअघिपनि होम क्वारेण्टिनमा बसेका उनको यो कन्ट्याक्ट ट्रेसीङमा परेपछिको दोश्रो क्वारेन्टाइन बसाइ हो ।