×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्रले कति पायो रेटिङ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्रले कति पायो रेटिङ ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । यता, बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: