
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि बिक्री गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बारबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी रहेको १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्ने भएको छ ।
बैंकले ७ वर्ष अवधिको ‘८.५% सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । यो ऋणपत्रमा छिटोमा असोज २० गते सम्म आवेदन दिन सकिनेछ भने त्यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असोज ३० गतेसम्म भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्