
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाहि गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवही गर्न सिफारिस गरेको हो । कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।
महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिकाटि, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामल लगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यापारमा भएको कसुरको आधारमा कारवाही गर्न विभागलाई लेखि पठाएको उपमेयर खड्कीले जानकारी दिनुभयो ।
उपमेयर खड्कीले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताउनुभयो । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।
उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताउनुभयो । उनीहरुले ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृत्रिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा विक्रिवितरण गरेको उहाँले बताउनुभयो ।
प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए । उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाफर्त प्रति केजी ६० रुपयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरीे विक्रि गरेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्