×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोचेझैँ सरकार रैनछ…! (फोटो-कथा)

PRIME CA

सोचेझैँ सरकार रैनछ…! (फोटो-कथा)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । रोगको लडाईमा भोक हारेपछि सिमानाकामा नेपालीहरुको भिड देखिन थालेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण शूरु भएसँगै छिमेकी मुलुक भारतबाट नेपाल भित्रिनेको संख्यामा ह्वात्तै वृद्धी भएको थियो । तर अहिले भने उक्त क्रम ठिक उल्टो भएको छ । यतिबेला सिमानाकामा नेपाल छिर्नेको भन्दा बढी नेपाल छाड्नेको लर्को देखिन्छ ।
त्रिनगर भन्सार नाकामा पुग्ने अधिकांश नेपाली सुदूर पहाडका रहेका छन् । लामो समयदेखी भारतमै मजदुरी गर्ने उनिहरु कोरोनाको डरले केहि समय अगाडी नेपाल छिरेको बताउँछन् । अलि अलि कमाएर ल्याएको पैसा सकियो, अव त रोगले हैन भोकले मरिने पिरले सताउन थालेको उनिहरुले गुनासो गरेका छन् । त्यसैमध्यका एक युवकले भने, ‘६ महिनासम्म सरकारको बाटो हेरेर बस्यौँ तर हामीले सोचेको जस्तो सरकार नै रहेनछ ।’ 
सिमानाकामा देखिने भिडमा नेपाल प्रवेश गर्नेहरुको संख्या पनि त्यत्तिकै मात्रामा रहेको छ तर नेपाल प्रवेश गर्नेभन्दा पनि बढी संख्यामा भारत जानेको लर्को लागेको छ । यद्यपी सिमानाकामा भारत प्रवेशका लागि आधारकार्ड अनिवार्य गरेको छ । कोरोनाको कहरलाई अवसर ठानेर जनशक्ति स्वदेशमै रोक्नेगरि प्रदेश सरकारले तयारी गरेको सुनिएतापनि कार्यान्वयनका लागि निकै समय लाग्ने र त्यतिन्जेल भोक खट्न नसक्ने भन्दै नेपाली भारत छिर्न थालेका हुन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: