×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीका युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने, स्वदेशमै उद्यममा लगाउने उद्देश्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिन्धुलीका युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने, स्वदेशमै उद्यममा लगाउने उद्देश्य

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुली । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्ने छन् । सो ऋण सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गर्नुभयो । 
दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नु परेको युवालाई लक्षित गरी सरल व्यवसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेकोे व्यवसायबारे आवेदन माग गर्ने र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताउनुभयो । नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाकोे सिफारिसका आधारमा बैङ्कले ऋणीलाई रु पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउने छ । –रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: