×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या १७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धुलीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या १७ पुग्यो

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुली । सिन्धुलीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कमलामाई नगरपालिका ६ का एकै परिवारका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब परीक्षणका क्रममा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जनाएका छन् । 
संक्रमितहरुलाई सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको छ । योसँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १७ रहेको छ । ६१ जना उपचारपछि निकोभइ घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी