
- अर्थ सरोकार सम्बाददाता
सिरहा । सिराहाका विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन समिति गठन गरिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभासचन्द्र दासको संयोजकत्वमा समिति गठन गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख, नापी कार्यालय सिराहाका प्रमुख र सम्बन्धित वडाका जनप्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिनुभयो । समितिले अतिक्रमणमा परेको जग्गाको अभिलेख तयार पार्ने र फिर्ता ल्याउने आधार तयार पार्ने कार्यादेश पाएको छ । सिराहाको गोलबजार नगरपालिकाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सामुदायिक वनको साढे तीन बिघा जग्गा अतिक्रमण गरेको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेपछि जग्गा फिर्ता गराउन प्रदेश नं २ का मुख्मन्त्री लालबाबु राउतको निर्देशनमा अतिक्रमित जग्गा फिर्ता गराउन समिति गठन गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्