×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिराहा जिल्ला कारागारमा ५०७ कैदीबन्दीमा कोरोना संक्रमण, व्यवस्थापनमा कठिनाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिराहा जिल्ला कारागारमा ५०७ कैदीबन्दीमा कोरोना संक्रमण, व्यवस्थापनमा कठिनाई

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिराहा । सिराहा जिल्ला कारागारमा एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना संक्रमण पुष्टी भएको कारागार प्रशासनले जनाएको छ। एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख बबिता महतोले बताएकी छिन् । संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ।
कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छैन । संक्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि संक्रमण हुने जोखिम बढेको छ। एकैपटक ठूलो संख्यामा कैदीबन्दी संक्रमण देखिएपछि संक्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी