
- अर्थ सरोकार सम्बाददाता
सिराहा । सिराहामा लुकाएर महँगो मूल्यमा प्याज बिक्री गर्ने तीन जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार अनुगमन टोलीले ७ हजार ४ सय ४० किलो प्याजसहित सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
गोलबजार, मिर्चैया र लहान नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा प्याज राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । पक्राउपकौ पर्नेमा गोलबजार नगरपालिका ४ मा जय लक्ष्मी सब्जी भण्डारका सञ्चालक उमेश प्रसाद साह, मिर्चेया नगरपालिका ५ मा जयमाता दी सब्जी भण्डारका सञ्चालक बिनोदकुमार साह र लहान नगरपालिका-३ का गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायक रहेका छन् । उनीहरुको पसल र गोदाम समेत सिल गरिएको प्रहरीले जनाएको छ । भारतले निर्यात रोके लगत्तै प्याजमा कालोबजारी सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्