
- अर्थ सरोकार सम्बाददाता
धनगढी । आर्थिक वर्ष २०७७/७८ लागु भएर दुई महिना बितिसक्दा पनि सुदूरपश्चिमका तीन स्थानीय तहले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । बाजुराको बुढीगंगा नगरपालिका, बझाङ्गको बुङ्गल नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिकाले अहिलेसम्म पनि स्थानीय सभामा बजेट पेश नगरेको मन्त्रालयले विवरणमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (३) अनुसार गाउँपालिका तथा नगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम असार १० गतेभित्र सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नु पर्ने व्यवस्था रहको छ । तर, सुदूरपश्चिम प्रदेशभित्रका ८८ वटा स्थानीय तहहरुमध्ये तीन स्थानीय तहले अझै बजेट नल्याएको स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मन्त्रालयको वेबसाइटमा राखिएको ‘स्थानीय तहको बजेट’ विवरणमा देशभरीका ४७ स्थानीय तहले हालसम्म पनि बजेट तथा कार्यक्रम स्थानीय सभामा पेश नगरेको उल्लेख गरिएको छ । यद्यपि आर्थिक वर्षको बजेट तथा कार्यक्रम असार १० गतेभित्रै सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्