×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदूरपश्चिममा थप ६१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिममा बिहिबार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा ५० जना, डोटी अस्पतालको प्रयोगशालामा ३ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना गरी बिहिबार थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ९३९ नमुनाहरुमध्ये ६१ जनामा संक्रमण देखिएका हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४८५ नमुनाहरुमध्ये ५० जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरका एकजना, कैलालीका ४८ जना र ठेगाना नखुलका एकजना गरी ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ का दुईजना, गोदावरी नगरपालिकाका ६ जना, मोहन्याल गाउँपालिका वडा नम्बर १ का एकजना, बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का चारजना र जनाकी गाउँपालिका वडा नम्बर १ का एकजनामा कोरोना देखिएको छ ।यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १५ जना, धनगढी कै १३ जना, कैलारी गाउँपालिका वडा नम्बर ४ का एकजना, लम्कीचुहाँ नगरपालिकाका ५ जना, कञ्चनपुरको बेदकोट नगरपालिकाका एकजना र ठेगाना नखुलेका एकजनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २४४ नमुनाहरुमध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार डोटीको जोरायल गाउँपालिकाका ४ जना, अछामको मेल्लेख गाउँपालिकाका एकजना, चौरपाटी गाउँपालिकाका एकजना, बझाङको बुङ्गल नगरपालिकाका एकजना र दार्चुलाको जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरीमा संक्रमण देखिएको छ ।
उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २१० नमुनाहरुमध्ये ३ जनामा संक्रमण थपिएको हो । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार बिहिबार अछामका थप ३ जनामा संक्रमण पष्टि भएको हो । उहाँले अछामको चौरपाटी गाउँपालिका, पन्चदेवल विनायक, तुर्माखाँद गाउँपालिका, डोटीको के।आई।सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लगायतका ठाउँबाट संकलन गरिएका नमुनाहरुमध्ये अछामको चौरपाटी गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको बताउनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: