×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार

PRIME CA

शुक्रबार सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका १ हजार ६४ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीनजना र डोटी अस्पतालको प्रयोगशालामा भएको परिक्षण तीनजना गरी थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४६४ नमुनाहरुमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की २६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४५९ नमुनाहरुमध्ये ३ जनामा संक्रमण देखिएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले आज थप ३ जनामा संक्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँले बैतडीको पाटन नगरपालिकाका एकजना, बझाङको मष्ठा गाउँपालिकाका एकजना र दार्चुलाको मार्मा गाउँपालिकाका एकजनामा संक्रमण देखिएको बताउनुभयो । 
उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टा परिक्षणमा भएका १४१ नमुनाहरुमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका अनुसार अछाम र डोटीका ३ जनामा संक्रमण देखिएको हो । डोटीको पुर्विचौकी गाउँपालिकाका एकजना, आर्दश गाउँपालिका वडा नम्बर ३ का एकजना महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का एक पुरुषमा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । 
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ३४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: