×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार

PRIME CA

सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएका ७३४ नमुनाहरुमध्ये २३ जनामा संक्रमण देखिएको हो । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएका परिक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५०७ नमुनाहरुमध्ये १९ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । 
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बाजुराका एकजना र कैलालीका १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण पुष्टि भएकामध्ये बाजुराको बडिमालिका वडा नम्बर ८ का एकजना, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुईजना, वडा नम्बर २ का एकजना, वडा नम्बर ३ का एकजना, वडा नम्बर ५ का ५ जना र वडा नम्बर १३ का एकजना रहेका छन् । यस्तै धनगढीकै वडा नखुलेका ४ जना र गोदावरी नगरपालिकाका ४ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । 
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १२७ नमुनाहरुमध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले बझाङ र दार्चुलाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । 
उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा सबै नमुनाहरुको नतिजा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका एक सय नमुनाहरुको परिक्षण रिपोर्ट नेगेटिभ आएको आएको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: