×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

PRIME CA

सुदूरपश्चिममा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

२७ भाद्र २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । शनिबार सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएको ६४४ नमुनामध्ये २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २० जना, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना गरी २८ जनामा संक्रमण पुष्टि भएको छ । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ३६८ नमुनाहरुमध्ये २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरका १२ जना र कैलालीका ८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । त्यस्तै कैलालीको धनगढीका ४ जना, बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का दुईजना, टीकापुर नगरपालिका वडा नम्बर ८ का एकजना र लम्कीचुहाँ नगरपालिकाका एकजना गरी कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ । 
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का १६ महिने शिशुसहित १० जना र वडा नम्बर १० का दुईजना गरी कञ्चनुरका १२ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । 
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १५२ नमुनाहरुमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५२ जनाको कोरोना परिक्षण भएको र दुई जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले बताउनुभयो । त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा परिक्षण भएका १२४ नमुनाहरुमध्ये ६ जनामा संक्रमण देखिएको हो ।
प्रयोगशालाले दिएको जानकारी अनुसार डोटीका ५ जना र अछामका १ जनामा संक्रमण देखिएको हो । अछामको रामारोशन गाउँपालिकाका एकजना, डोटीको के।आई।सिंह गाउँपालिकाका दुईजना र सायल गाउँपालिकाका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४३४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: