×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

PRIME CA

सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । मंगलबार सुदूरपश्चिममा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीनवटा प्रयोगशाला सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी श्रेष्ठले वडा नम्बर ५ का दुई महिला, वडा नम्बर ६ का एक महिला र वडा नम्बर ८ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ । 
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्वर ४ का एक जना र बझाङको दुर्गाथली गाउँपालिका वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ९० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: