×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेकाे खजुरामा, वडा अध्यक्ष नन्दलाल गुरतालद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेकाे खजुरामा, वडा अध्यक्ष नन्दलाल गुरतालद्वारा उद्घाटन

Artha Sarokar

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडाैं । सनराइज बैंकले बाँकेकाे सीतापुर खजुरा गाउँपालिका–२ मा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा साे शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको थियो ।
सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी