×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकमा गभर्नरको हस्ताक्षर नै नभएको नोट भेटियो, थप अनुसन्धान गर्दै राष्ट्र बैंक !

अर्थ सरोकार

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार

PRIME CA

सनराइज बैंकमा गभर्नरको हस्ताक्षर नै नभएको नोट भेटियो, थप अनुसन्धान गर्दै राष्ट्र बैंक !

  • अर्थ सरोकार सम्बाददाता 

ओखलढुंगा । सनराइज बैंक लिमिटेडमा शंकास्पद नोट भेटिएका छन् । बैंकको ओखलढुंगा शाखामा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नै नभएका नोट फेला परेका हुन् । गभर्नरको हस्ताक्षर बिनाका नोट उक्त बैंकमा भेटिएपछि नियामक राष्ट्र बैंकले थप अनुसन्धान गर्ने भएको छ । 
यता ओखलढुंगा शाखाका प्रबन्धक खेमराज राना मगरले भने अन्य बैंकबाट ल्याएको गड्डीमा यस्तो नोट भेटिएको बताएका छन् । ‘ग्लोबल आइएमई बैंक, सिभिल बैंक र एनआईसी एशिया बैंकबाट सिल भएर आएको बन्डलमा भेटिएको ती नोट भेटिएका हुन्’ उनले भने । 
यता सनराइजका ग्राहकहरु हस्ताक्षर नै नभएको नोट भेटिएको भन्दै ग्राहकहरु अलमलमा परेका छन् । सनराइज बैंकले गभर्नरको हस्ताक्षर नभएका ५ सय रुपैयाँका नोट क्रमश आइतबार दुई थान, सोमबार तीन थान र मंगलबार आठ थान फेला पारेको थियो । यस्तै मेगा बैंकको शाखामा पनि दुई थान गभर्नरकै हस्ताक्षर नभएका नोट भेटिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: