×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीमा थप ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुनसरीमा थप ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । सुनसरीमा मंगलबार थप ६८ जनामा कोरोना संक्रमण देखिएको छ । धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।
धरान उपमहानगरपालिकामा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार संक्रमितमध्ये धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरी, बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया एक युवतीलाई पनि संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयको अनुसार हालसम्म १ हजार ५ सय ३१ जना संक्रमित पुष्टि भएका छन् भने ८ सय ७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: