×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीका जिसस सभापतिलाई कोरोना संक्रमण, सम्पर्कमा आएकाहरुको खोजी सुरु

GLOBAL IME BANK

सुनसरीका जिसस सभापतिलाई कोरोना संक्रमण, सम्पर्कमा आएकाहरुको खोजी सुरु

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
इटहरी । सुनसरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २२ गते स्वाब परिक्षणका लागि पठाइएको रिपोर्टमा पोजेटिभ आएसंगै सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्नु भएको छ ।
राजभण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा हुनुहुन्छ । वहाँको अवस्था सामान्य छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: