×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुनसरीमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी
  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । सुनसरीमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सृजना लिङ्थेपका अनुसार ११ महिलासहित ५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो संख्या जिल्लामा एकैदिन भेटिएका संक्रमितमध्ये अहिलेसम्मकै धेरै हो । 
संक्रमितमध्ये सबैभन्दा बढी इनरुवा नगरपालिकामा २६, इटहरी उपमहानगरपालिकामा २१, दुहबी नगरपालिकामा ७ र धरान उपमहानगरमा दुई जना छन् । लिङ्थेपका अनुसार सुनसरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ । तीमध्ये ३ सय ५० जना निको भएका छन् । ५ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: