
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा. सुरेश तिवारी र चन्द्र थापालाई मनोनित गरेको छ । मन्त्रालयले उनीहरुलाई बोर्डको सदस्य पदमा ४ वर्षका लागि मनोनित गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेका हुन् ।
दुबै जनालाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तीमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्