×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण, गाउँपालिकाको कार्यालय सिल गर्ने तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण, गाउँपालिकाको कार्यालय सिल गर्ने तयारी

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिनुभएको थियो । 
कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बस्नुभएको छ । उहाँले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताउनुभयो । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।” 
अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उहाँको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताउनुभयो । करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उहाँले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको थियो । उहाँले आइसोलेशनका सङ्क्रमितलाई योगाभ्याससमेत गराउनुहुन्थ्यो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: