×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर शुक्रबार (असोज २ गते) बाट पुनः बिक्री खुल्ला भएको छ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री खुला भएको हो । बैंकले यसअघि ३ पटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि चौथो पटक फेरि बिक्रीमा ल्याइएको हो । 
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ । यसमा सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै, १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: