×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जामा थप १२ जना कोरोना संक्रमण पुष्टी, आइसोलसनमा उपचार हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्याङ्जामा थप १२ जना कोरोना संक्रमण पुष्टी, आइसोलसनमा उपचार हुँदै

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । स्याङ्जामा थप १२ जना कोरोना संक्रमण पुष्टी भएको छ । मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन् । संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङ्का आधारमा गरिएको पीसीआर परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए। 
यसरी थपिनेमा मालपोतका कर्मचारी ४ जना, पुतलीबजार नगरपालिकाका एकजना, समुदायका ७ जना रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले जानकारी दिए। उनीहरुलाई पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा राखिएको छ । योसंगै स्याङ्जामा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ।
पाँच दिनअघि मालपोतका एकजना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संक्तमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक ट्रेसिङ गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: