Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित कैदीबन्दी आइसोलेसनबाटै भागे, खोजी कार्य जारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । कोरोना संक्रमित स्याङ्जाका एक जना कैदी अस्पतालको आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै वेला गएराति भागेको प्रहरीले जनाएको छ।
गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला उनलाई कोरोना संक्रमण भएको थियो । उनलाई भदौ २८ गते कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो । अस्पतालबाट भागेका कोरोना संक्रमित युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK