
तनहुँ । गत आर्थिक वर्षमा तनहुँमा पशुपन्छी पालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लामा रहेका विभिन्न छ वटा बैंकले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।
आर्थिक वर्ष २०७६/७७ मा एक सय ८७ किसानले सहुलियत ब्याजदरको ऋण सुविधा लिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहँुले जनाएको छ । केन्द्रका अनुसार लक्ष्मी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सनराइज बैङ्क र कृषि विकास बैङ्कले ती किसानलाई पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण प्रवाह गरेका छन् ।
वाणिज्य बैंक
केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका किसानले बाख्रा, कुखुरा र गाईभैसीपालन गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा लक्ष्मी बैङ्कले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैङ्कले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैङ्कले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैङ्कले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् ।
लक्ष्मी विकास बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैङ्कबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु चार लाखसम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । “एउटा पशुबापत बढीमा रु ९० हजारसम्म कर्जा प्रवाह गर्छौ,” उहाँले भन्नुभयो, “धितोको आधारमा रु पाँच करोडसम्म सहुलियत कर्जा प्रवाह हुन्छ ।”
पशुपन्छी पालनका लागि बैङ्कले ६ दशमलव २३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ । कृषि तथा पशुपछी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनीले जवानी बस्नुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधिले तय गरेको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्