×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँमा कोरोनाका कारण ७६ वर्षीया महिलाको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तनहुँमा कोरोनाका कारण ७६ वर्षीया महिलाको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते  काठमाडौँस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जानकारी गराएको छ ।
ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई काठमाडौँ लगिएको जनाइएको छ । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: